
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार निशेधाज्ञा जारी गरिएको छ । बाह्रविसे नगरपालिका वडा नं ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको हो ।
शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी तोडफोड गरेका थिए ।
आज बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्मका लागि पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी आदेश जारी गरिएको छ ।
बाह्रबिसे बजारदेखि पूर्व्दिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्रबिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको प्रशसनले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
