सभामुखको टुंगो लगाउन ओली–प्रचण्डबीच छलफल

Share:

काठमाडौँ । सभामुखबारे सहमति जुटाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भएपनि निश्कर्ष आउन सकेको थिएन । तर दुवै दिनका छलफल सकारात्मक भएको दुवै अध्यक्षको सचिवालयले जनाएका थिए ।

प्रतिनिधिसभाको रिक्त सभामुख पद नटुंगिदा ४ पुसमा शुरु भएको बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ । भोलि बस्नेगरी पछिल्लो पटक पुस २७ गते बैठक स्थगित भएपछि नेकपामा पटपटक छलफल भए पनि उम्मेदवार टुंगो लागेको छैन ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: