उपसभामुख पदबाट तुम्बाहाङ्फेकाे राजीनामा

Share:

पोखरा। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छिन्। उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरेकी हुन् ।

उपसभामुखले राजीनामा दिएसँगै सभामुख चयनकाे प्रकृया पनि अब अघि बढ्ने छ । सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा पुष्पा भुषाललाई उठाउने तयारी गरेकाे छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
Share: