
बिग न्यूज
पोखरा, ६ माघ । ग्लोबल रिचको ‘बिगेस्ट अष्ट्रेलियन फेयर’मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक परामर्शदाता कम्पनी ग्लोबल रिचको पोखरा शाखाले ‘फेयर’को आयोजना गरेको थियो ।
फेयरमा अष्ट्रेलियाका १२ वटा कलेजहरुका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई त्यहाँको शैक्षिक वातावरणको विषयमा जानकारी दिएका थिए । अष्ट्रेलियाकै छुट्टाछुट्टै एक दर्जन कलेजका प्रतिनिधिसँग सोझै जानकारी लिन पाउँदा विद्यार्थीहरु निकै खुशी देखिन्थे । ग्लोबल रिचले यस्तो खालको फेयरको आयोजना गरि आफूहरुलाई अष्ट्रेलियाको जानकारी लिन मौका दिएकोमा उनीहरुले कम्पनीलाई धन्यबाद ज्ञापन समेत गरे ।
‘विद्यार्थीहरुको सहभागिता साँच्चै गज्जबको रह्यो । र, उनीहरुले अष्ट्रेलियाको विषयमा धेरैभन्दा धेरै जानकारी लिन पाएकोमा दंग देखिन्थे।’ ग्लोबल रिच पोखरा शाखाकी प्रमुख सरिता गुरुङले भनिन्–‘विद्यार्थीहरुको सजिलोका लागि हामीले यो फेयरको आयोजना गरेका थियौँ । त्यसैले उनीहरुको सन्तुष्टि देखेपछि हामी सफल भएको ठानेका छौँ ।’
ग्लोबल रिचले बार्षिक रुपमा यस्तो खालको फेयरको आयोजना गर्दै आएको छ । खासगरि बर्षमा दुईपटकसम्म कम्पनीले यस्तो खालको फेयरको आयोजना गर्छ । ‘हामी सकेसम्म विद्यार्थीहरुले सही सूचना पाउन् र पढ्नको लागि अष्ट्रेलिया गईसकेपछि दुख नपाऊन् भन्ने चाहन्छौँ । विद्यार्थीलाई सकेसम्म बढि सुविधा दिने हाम्रो चाहना हुन्छ । त्यसैले उनीहरुलाई लक्षित गरेर यस्तो खालको फेयर गर्दै आएका छौँ ।’ ग्लोबल रिच पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्यूटिभ सागरबाबु गिरीले भने ।
विद्यार्थीहरुले फेयरमा अष्ट्रेलियाको शिक्षानीति, शैक्षिक वातावरण र त्यहाँ पुगिसकेपछि पाईने विभिन्न अवसरको विषयमा जानकारी लिएका थिए । त्यो सँगै अष्ट्रेलिया जानका लागि आवश्यक प्रकृयाको विषयमा कम्पनीले परामर्श दिएको थियो । अध्ययनका लागि आवश्यक शैक्षिक कर्जा र त्यसको प्रकृयाको विषयमा जानकारी दिनका लागि फेयरमा विभिन्न बैंकहरुको स्टल पनि राखिएको थियो ।
ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको यो कम्पनीको फरक फरक देशमा ४० भन्दा बढि शाखाहरु संचालनमा छन् । अष्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगाएतका एशियन मुलुकमा यसको संजाल राम्रो छ । १६ वर्ष अगाडि काठमाण्डौमा शाखा खोलेको यो कम्पनीले पोखरासँगै बुटवल र चितवनमा पनि शाखा विस्तार गरिसकेको छ ।

