
पोखरा । एसवाइएस क्लब नेपालको पहिलो सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । क्लवले पोखराको पोखरा २२ कोदीको लिला आधारभुत विद्यालयमा पहिलो कार्यक्रम गरेको हो ।
युवाहरूलाई विभिन्न समस्याबाट जोगाउन जोगाउने र समस्या बाट जुधेर अघाडी बढ्न मद्दत गर्ने उद्देश्यले खोलिएको क्ल्बले विभिन्न कलेज बिद्यालयहरुमा गएर यस संबंधित कार्यक्रमहरु गर्ने क्ल्बका अध्यक्ष ईश्वर पोख्रेलले जानकारी दिएका छन ।
उक्त कार्यक्रममा स्थानीय युवाहरु, विद्यार्थीहरुका साथै शिक्षक शिक्षका सहभागि थिए। विद्यालयका प्राध्यापक बेदनाथ बरालले आफ्नो विद्यालयबाट राम्रो कार्यको सुरुवात भएको भन्दौ खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिए।
कार्यक्रममा लोक तथा दोहोरी गायक सन्तोष सुबेदीले गीत गाएर मनोरञ्जन समेत दिएका थिए । क्ल्बलाइ फुड्मुड प्रा. लिले आफूले गर्न सक्ने साथ र सहयोग सदैव गर्ने कम्पनीका अध्यक्ष सुशील पौडेलले जनाएका छन।
