शुक्रबारसम्म देशभरिकै मौसम सफा हुने

Share:

काठमाण्डौं । आज (बुधबार) देशभरिकै मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुनेल जनाइएको छ ।

यस्तै बुधबार राति पनि देशभरको मौसम सामान्यतया सफा रहने छ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना नरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: