गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरको मूलगेटमा बम

Share:

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी भएको छ। आज (बुधबार) बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा अज्ञात समूहले आगजनी गरिएको हो।

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले प्रयोग गर्दै आएका थिए।

यसका साथै गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ। आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ। घटना बारे अनुसन्धान भैरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: