
काठमाडौं। आज (बिहीबार) राष्ट्रियसभा सदस्यको लागि निर्वाचन निर्वाचन हुँदै छ। आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जान, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजान, कर्णाली र सुदूरपश्चि प्रदेशमा महिला र अन्य समूह दुईदुई जना गरी जम्मा १८ जना राष्ट्रिय सभा सदस्य निर्वा्चित हुने छन्।
निर्वाचन आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा मतदान केन्द्रको निर्माण सम्पन्न भएको जानकारी दिए। आयोगले बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदान सकिएपछि बिहीबार नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ राजनीतिक दलका तर्फबाट ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश सभा सदस्य तर्फका पाँच सय ५० र स्थानीय तह तर्फ एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहेको आयोगले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्य चुन्नेछन् । निर्वाचन हरेक प्रदेशमा हुने र सोहीअनुसार प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ । तीमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।
गण्डकीमा २३० जना मतदाता
गण्डकी प्रदेशमा ‘अन्य समूह’ र ‘महिला समूह’ तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख, उपप्रमुख १७० गरी कूल २ सय ३० मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको दुई हजार ८ सय ८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५ हजार ९ सय ४० मतभार गण्डकी प्रदेशमा छ ।
निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्गेसले दुबै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले एक पदमा मात्र उम्मेदवारी दिएको छ । नेकपाबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन । काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन ।नेकपाको प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १ सय २३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४ सय १४ छ ।नेपाली काँग्रेसको प्रदेश सभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् ।
