सामान्य विवादमा छुरा प्रहार गरेर साथीको हत्या, दुई पक्राउ

Share:

काठमाडौं । मदिरा सेवनपछि सामान्य विवाद हुँदा छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ ।

बुधबार साँझ भक्तपुर नगरपालिका ६ भोलाछेंमा सामान्य विवादमा छुरा प्रहार हुँदा भक्तपुर उपमहानगरपालिका १० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो ।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्धपोखरीमा रहेको कान्तिपुर गेस्ट हाउसबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

चाररपाँच जना साथीहरुसँगै बसेर रक्सी खाएपछि सामान्य विवाद हुँदा सुवालको छातीमा साथीले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र व्यासी कालोपाटीबाट छुरा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: