म्याग्दीमा लागू औषधसहित दाजुभाइ पक्राउ

Share:

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागू औषधसहित दुई दाजुभाइलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उनका भाइ आशिष खत्री रहेका छन् ।

लागू औषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनाको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठूलै परिणाममा लागू औषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उनीहरुको साथबाट १०४ एम्पुल डाईजापाम, १०४ एम्पुल फेनेरागन, १०६ एम्पुल नुर्फिन र २ थान सिरिन्जे बरामद गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: