
पोखरा । अन्नपूर्ण आधार शिविर पदमार्गमा हिउँपहिरोमा हराएका ४ कोरियन र ३ नेपाली नेपालीको खोजी कार्य नेपालले औपचारिक रुपमा स्थगन गरेको छ । उद्धार टोली त्यहाँ खटिएको भए पनि एकदमै खोंच रहेको र हिउँ परिरहेकाले अहिले उद्धार गर्न नसकिने अवस्था आएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जनकारी दिए ।
द्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने अवस्था आएकाले यो निर्णय लिइएको उनले बताए । उनले अब हराएका मानिस बच्ने सम्भावना नरहेको र हिउँ पग्लेपछि मात्रै शव भेटिने अवस्था रहेको जनाए ।
गएको शुक्रबार हिमपहिरो जाँदा ४ कोरियन र ३ नेपाली सो क्षेत्रमा हराएका थिए । बेपत्ता हुनेमा कोरियाका ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा, ३८ वर्षीया चोई ह्यो, नेपाली नागरिक सरोज परियार, मीन बहादुर लामा र छिरिङ भोटे छन्।
