सांसद मनाङेलाई अनुसन्धानका लागि म्याद थपिने

Share:

पोखरा । गण्डकी प्रदेश सभाका सांसद ‘दीपक मनाङे’ उर्फ राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा पोखराको लेकसाइडस्थित एक होटलबाट उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । मनाङेले मिलन गुरुङलाई दुईदिनअघि तीन झापड हानेका थिए ।

मनाङेलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए । मनाङेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: