
पोखरा। पोखरामा भेट्रान्स क्रिकेट मिट हुने भएको छ। शनिबार पोखरा क्रिकेट मैदानमा कास्की भेट्रान्स क्रिकेट मिट हुने भएको हो। कास्की जिल्लाबाट विभिन्न क्रिकेट प्रतियोगिता खेलेका र ३० वर्ष माथि उमेरका खेलाडीले यस खेल खेल्ने कार्यक्रम संयोजक दिपेश खत्रीले जानकारी दिए। खेलका लागि दुई टिम पनि विभाजन भैसकेको छ। सेती वारि र सेती पारि बसोबास गर्ने आधारमा खेलाडीको विभाजन गरिएको छ।
सेती वारिको टिमको कप्तानी गोबिन्ध प्रधानले गर्ने छन्। सेती वारिको टोलीमा कप्तान गोबिन्ध प्रधान, प्रदिप राउत, इश्वर सेवा, निकेश श्रेष्ठ, ऋषिकेश शर्मा, सनम ताम्राकार, देवेन प्रजू, दिलिप अग्रहरी रहने छन्। यस्तै प्रकाश श्रेष्ठ, सिद्धर्थ श्रेष्ठ, बिजय राउत, रवि थापा, राजु छन्त्याल र सन्तोष बानियाँले समेत सेती वारिको टोलीबाट खेल्ने छन्। यस टोलीको प्रशिक्षण गोपाल थापाले गर्ने छन्। भोज गुरुङले खेलाडी तथा अम्पाएरको भूमिका निर्वाह गर्ने छन्।
यस्तै दिपेश खत्रीको कप्तानीमा सेती पारीको टिम पनि बनाइएको छ। सेती पारीको टिममा दिपेश खत्री, चन्द्र गुरुङ, बिधान श्रेष्ठ, बिरेन पुन, उमेश यादव, रमेश यादव रहेका छन्। यस्तै दुर्गा चन्द, बिपिन रंजित, संजय नेपाल, दिपेन्द्र चन्द र बिनित श्रेष्ठले समेत सेती पारीको टिममा अटाएका छन्। भोज गुरुङले यस टोलीलाई प्रशिक्षण दिने छन्। संजय कान्त सिग्देलले खेलाडी र अम्पाएर बन्ने छन्।
खेल ३५ ओभरको हुने जनाइएको छ। खेल बिहान ९:३० बजे सुरु हुने खेल संयोजक दिपेश खत्रीले बताए।
