बढ्यो सुनको मूल्य, कति छ आज ?

Share:

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: