
संखुवासभा – संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा नचिनेका मानिसहरुकाे समूहले बम विस्फोट गराएको छ ।
आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेकाे अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ ।
कसले र कुन उद्देश्यले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
