
पोखरा । पोखरा विमानस्थलमा चेकजाँचका क्रममा २२ राउण्ड गोलीसहित एक पक्राउ परेका छन्। पोखरा महानगरपालिका-२७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोली फेला परेको प्रहरीले जनाएको छ।
उनको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको कास्की प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शाही यति एअरको उडानमार्फत काठमाडौँ उड्न लागेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
