
पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक करार नियुक्ति माग्दै आन्दोलनमा उत्रिएका छन् । क्याम्पस प्रशासनसँग उनीहरुले दैनिक ज्यालादारी हटाएर करार सेवामा नियुक्ति गर्न माग गर्दै आइतबारदेखि अनिश्चित कालका लागि आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइले आज पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले राखेका मागहरुको सुनावाइ नभएपछि माघ १३ गतेदेखि क्याम्पसमा पठनपाठन कार्य अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिए ।
क्याम्पस इकाइका अध्यक्ष सुनिल गौतमले लामो समयदेखि प्रशासनले आफ्ना मागहरुको सुनवाइ नगरेको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको छन्। विश्वविद्यालयले विगत १४ वर्ष देखि स्नातकोत्तर प्राप्त शैक्षिक जनशंक्तिलाई सामान्य मजदुरको तुलनामा पनि व्यवहार नगरेको भन्दै आक्रोश पोखे ।
अवदेखी क्याम्पसमा आफुहरु कसैले पनि कक्षा लिन नसक्ने भन्दै प्रशासनलाई विश्वव्यापी श्रम नियम तथा देशकै अन्य क्याम्पस र पृथ्वी नारायण क्याम्पसको अधिल्ला नजिरहरुलाई हेर्न पनि उनले अनुरोध गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा कुल ५ सय ४९ प्राध्यापक छन् । तिमध्ये २१८ जना आंशिक छन् ।
यो पनि:
पृथ्वी नारायण क्याम्पसका दुई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिने
पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुलाई राजीनामा नदिन अनुरोध
