२१ तोला सुनसहित एक युवक पक्राउ

Share:

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ८ मा २१ तोला सुनसहित एक युवकलाई पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतबार बेलुकी उक्त सुनसहित धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का २३ वर्षीय दीपक महतोलाई पक्राउ गरेको हो ।

१६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बा१२प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका– ८ स्थित सडकमा आज बेलुका करिब ५ः३० बजे जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन् ।

महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरीले जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: