
काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच हात हालहाल भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको हो ।
नेविसंघको संस्थापन निकट एक विद्यार्थी नेताले सभापति देउवालाई काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहका विद्यार्थीहरुले प्रतिकार गरेको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
