काेराेना भाइरसकाे परीक्षण नेपालमै

Share:

काठमाण्डाै – कोरोना भाइरसको प्रकोप बदिरहदा साेमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा साेमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिईन्। । उनका अनुसार कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले साेमबारदेखि परीक्षण गर्ने तयारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । कोरोना भारसको लक्ष्यण देखिने चिनियाँलाई छिन् फर्काउने र नेपालीलाई नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाईने भएको छ ।

नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसकाे पुष्टि भएको र अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: