नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्छ- अध्यक्ष प्रचण्ड

Share:

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय मुक्ति र वर्गीय मुक्तिलाई सही ढंगले परिभाषित गर्न नसकिएको बताएका छन्। उनले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको जिकिर गरे । प्रचण्डले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि जातीय समानताका लागि धेरै विषय संबोधन भएको पनि बताए । ‘संविधानले उपलब्धीको रक्षा गर्ने र निरन्तर अघि बढ्ने ठाउँ दिएको छ’ उनले भने ।

शोषण उत्पीडनमा राखिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने बातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने प्रचण्डको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: