गायिका आस्था चार दिन हिरासतमै रहने

Share:

काठमाडौँ । गायिका आस्था राउत चार दिन हिरासतमै रहने भएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: