
रसुवा – साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन्। चीनको केरुङबाट अवैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् । काठमाण्डाै ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन् ।
बरामद भएकाे सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
