तनहुँमा फेरि चितुवाको आक्रमणबाट एक बालकको मृत्यु, २ वर्षभित्र ९ जनाको मृत्यु, ४ घाईते, ६ चितुवा खोरमा

Share:

तनहुँमा फेरि अर्का बालक चितुवाको शिकार बनेका छन् । दुई वर्ष अघिदेखि एक पछि अर्को घटना हुँदा समेत सरकार गम्भिर नबन्दा बालबालिकाहरु अकालमै ज्यान गुमाउन बाध्य छन् । चितुवालाई खोरमा पारेर जिल्ला कटाउने बाहेक अरु काम हुन सकेको छैन ।

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं.४ लोही पाखामा चितुवाको आक्रमणबाट एक साँझ १० वर्षीय बालकको मृत्यु भएको हो । बन्दिपुर गाउँपाकिा वडा नं. ४ स्थित लोही निवासी शुक बहादुर सुनार र पबिता सुनारका १० बर्षिय छोरा ईश्क सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । करिब साँझ ६ बजेतिर गाउँको छेवरको भोज सकेर आमासंगै घर फर्कने क्रममा आँगनमै आईपुग्दा चितुवाले झम्टेर लगेपछि करिव ८० मिटर तल घाँटीमा प्वाल परेको अवस्थामा फेला पारिएको बताईन्छ ।

चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । ४ जना कालको मुखमा परेर पनि बाँच्न सफल भए । यसबीचमा ६ वटा चितुवालाई खोरमा पारेर जिल्ला कटाइएको छ । तरपनि घटनामा कमी आएन । तनहुँको भानु नगरपालिका सबैभन्दा बढी आतंकित छ ।

भानुसँगै शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा समेत चितुवाले आतंक मच्चाएको छ । अब सरकारी तबरबाटै ढिला नगरी प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने खाँचो टड्कारो रुपमा देखा परेको छ । स्थानीय पनि साँझ भएपछि घरबाट बाहिर ननिस्की सुरक्षाका उपाय अपनाउनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: