कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

Share:

काठमाडौं । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ। ४ हजार २ सय जनामा संक्रमण भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाँच हजार ७९४ बिरामीहरूलाई शंकाको आधारमा निगरानीमा राखी उपचार गरिराखिएको छ। बिरामीमध्ये ४६१ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको र ५१ जनालाई पूर्णरूपमा निको भएपछि अस्पतालबाट घर पठाइएको छ।

यस्तै, भाइरस फैलिएपछि त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ । भाइरस शुरू भएको वुहान शहर र हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।

यसैबीच अन्य देशहरुमा पनि कोरोनाका संक्रमितहरु लगातार बढ्दै गएका छन्। वीवीसीका अनुसार मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: