कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो, ६ हजारमा संक्रमण

Share:

काठमाडौं । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। भाइरका कारण पाँचर हजार ९ सय ७४ जनामा संक्रमण भेटिएको छ।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ। वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।

अहिले सम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको छ। चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

कमेन्ट गर्नुहोस्
Share: