
पोखरा । आज (बुधबार) बिहान देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागमा आंशिक बदली भएको जनाइएको छ ।
पश्चिम र मध्य भूभागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने अनुमान गरिएको छ ।
