कोरोनाको उपचारका लागि चीनले बनायो ५ दिनमै अस्पताल, भिडियोमा हेर्नुहोस

Share:

बेइजिङ । चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्‍यो । जुन अस्पतालको मंगलबारदेखि सञ्‍चालनमा ल्याएको छ ।

चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हो । एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको डेलिमेलले जनाएको छ ।

कोरोनाका कारण अहिले सम्म १३२ जनाको मृत्यु भैसकेको छ भने ६ हजार बढीमा संक्रमण देखिएको छ।

हेर्नुहोस भिडियो:

 

कमेन्ट गर्नुहोस्
Share: