
ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीकाे ज्यान गएको छ ।
तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहाेस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको हो।
अक्सिजनको कमी हुँदा निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
