यस्तो छ आजको मौसम पूर्वानुमान

Share:

काठमाण्डाै – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेका महाशाखाले जनाएकाे छ । केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेकाे छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने माैसमविद्ले बताएका छन् ।

गएकाे मङ्गलबार रातिदेखि पश्चिमी वायुको चाप बढ्दै बदली भएको मौसम बिहीबार मध्यरातसम्म त्यसकाे असर देखिने माैसमविद्ले बताएका छन् ।

शुक्रबार पूर्वी पहाडमा सामान्य बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम सफा हुने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: