आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Share:

काठमाडौं– विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: