
नेपाली काङ्ग्रेसकाे भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) ले झण्डै एक वर्षपछि नयाँ नेतृत्व पाएकाे छ । सुनसरीका राजीव ढुंगाना नेविसंघको नयाँ नेतृत्व मा मनोनयन भएका छन् ।
त्यस्तै महामन्त्रीमा काठमाण्डाैका मनोज वैद्य र मुख्यसचिवमा पाल्पाकी महेश्वरी कुँवर रहेका छन् । तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने नेविसंघले जनाएकाे छ ।
गएकाे माघमा नैनसिंह महर नेतृत्वकाे नेविसंघ विघटन भएपछि नेतृत्वविहीन बनेकाे थियाे । त्यसपछि गएकाे फागुन १ गते काङ्ग्रेस केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवालाई नेविसंघलाई नेतृत्व दिन जिम्मेवारी दिएको थियो।
नेपाली काङ्ग्रेसकाे विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नयाँ नेतृत्व दिइएको पार्टीले जनाएकाे छ ।
