
पोखरा। वेष्ट इण्डिजका क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् ।
पोखराले गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत जानकारी गराएको हो । गेल आइसिसीको एक दिवसिय, टेस्ट र टि ट्वान्टी तिनैमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।
क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् । गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए ।
गेलले ५८ टवान्टी आइ मा १३ अर्ध शतक २ शतक सहित कुल १६ सय २७ रन बनाएका छन् । टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ । उनले खेल्ने खेल आईपीएलको खेल तालिका अनुसार तय हुनेछ।
साविक विजेता ललितपुर प्याट्रियट्सले श्रीलंकन राष्ट्रिय टोलीका पूर्वकप्तान उपुल थरंगालाई अनुबन्धन गरेको थियो। भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका अलराउण्डर ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ । यस्तै चितवनले मोहम्मद साहजादलाई अनुबन्धन गरेको थियो।
ईपीएलको चौथो संस्करण चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुदैछ ।
