
स्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नंं १ स्थित पञ्चमुलमा ब्र्राह्मण संग्राहलय निर्माण काम थालिएको छ ।यहाँ ब्राह्मण समुदायको इतिहास, परम्परा र सँस्कृति झल्किने संग्राहलयको निर्माण गर्न लागिएको हो ।उक्त संग्राहलयमा ब्राह्मण जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणहरु,घरीयासी समाग्रीहरु घैटो, लौरी, ठेकी, मदानी, हाडी, माक्रो, गुन्द्री, हलो, जुवा, कोदाली, सुप्पा, मादल खैजरी, मजुरा लगाएतका धेरै बस्तुहरु राखिनेछ ।
लोपोन्मुख अवस्थामापुगेको ब्राह्मण समुदायका मानिसहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएका मौलिक कलाका समाग्रीहरु एकै ठाउँमा राख्ने गरि निर्माण गर्न लागिएको संग्राहलय भवनको विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मन्त्री लम्सालले लोप हुन लागेको ब्राह्मण कला संस्कृतिको संरक्षण गर्न तथा ब्राह्मण जातिको पहिचान स्थापित गर्ने मुख्य उद्धेश्यका साथ संग्रालय निर्माण गर्न लागेको स्थानियवासीको उक्त काम प्रशंसनिय रहेको बताए । संग्रालयले ब्राह्मण जातिको कला संस्कृतिको नमूना ठाउँको रूपमा परिचय स्थापितगर्न तथाआन्तरिक र बाह्यपर्यटक भित्र्याउन ठुलो मद्दत पुग्ने बताए । नेपालमा रहेका सम्पूर्ण जातीहरुका कला संस्कृतिहरु जगेर्ना गर्नु आजको आवश्यकता भएको बताउदै मन्त्री लम्सालले यस्ता किसिमका विभिन्न जातिका संग्रालयहरुले पर्यटन प्रवद्र्धनमा टेवापुग्ने बताए । पछील्लो समय संग्रालय घुम्ने पर्यटकको सख्या वृद्धि हुदै गएको छ, उनले भने,”ऐतिहासिक तथा परम्परागत कला, संस्कृतिको जगेर्ना गर्नु सरकारको दायित्व हो, प्रदेश सरकारले यस्ता किसिमका संग्रालयलाई प्रवद्र्धन तथा संरक्षण गर्छ ।
पोखरा आउने पर्यटक यहाँ ल्याउने र केही समय भुलाउन सके यहाँको व्यवसाय, स्थानीय व्यापार प्रर्बद्धन, युवा रोजगारी देखि संस्कृतीको विकास हुने उनको भनाई थियो ।पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको शिरुवारी नजिकै रहेकाले यसको अवलोकन गर्न आउने पर्यटकको कमी नहुने मन्त्री लम्सालले बताए ।संविधान सभाका सदस्य प्रा.डा. गणेशमान गुरुङ र गण्डकी प्रदेशका सांसद मिन प्रसाद गुरुङले ब्राह्मण संग्राहलय पर्यटकहरुको एक गन्तव्य स्थल बन्ने दाबी गरे ।
ब्राह्मण जातिको मौलिक कला संस्कृति जोगाउने अभियानका साथ सामुदायीकसंग्राहलय निर्माण गर्न लागिएको संग्रालयका अध्यक्ष छम प्रसाद ढकालले बताए । उनका अनुसार संग्रालय निर्माणको लागि पर्यटन बोर्ड गण्डकी प्रदेश बाट ५ लाख रकम विनियोजन भएको छ भने स्थानियवासी तथा आमा समुहले ५ लाख संकलन गरेका छन् । प्रर्याप्त बजेटको लागि स्रोत जुटाउने काम पनि भईरहेको ढकालले बताए ।


