कोपा डेल रेमा बार्सिलोनाको फराकिलो जित

Share:

स्पनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको छ।कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले हराएको हो । खेलको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

लियोनल मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । अर्थरले ७७ औं मिनेटमा बार्सिलोनालाई ४–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: