नक्कली प्रमाणपत्र पेश गर्ने डीएसपीविरुद्ध मुद्दा दायर

Share:

पोखरा। नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा कार्यरत एकजना डीएसपीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।नक्कली प्रमाणपत्र पेश गरी बढुवा समेत भएका अरुणकुमार शाहविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

उनले परीक्षा नै नदिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अनुसन्धानका क्रममा फेला परेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: