प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका दुई युवतीको उद्धार

Share:

नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ। साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दियो । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको छ।

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाइदिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: