
दैलेख – महाबु गाउँपालिका ६ काे लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ ।
चट्याङ लागेर लामीडाँडाकी ३३ वर्षीया निर्मला विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले जानकारी दिए । साथै अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
