
पोखरा । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन सय ४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै, सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० जना पुगेको छ ।
कोरोनाका कारण ३ सय ३० जना उपचारपछि घर फर्किएका जनाइएको छ। चीनले कोरोनाबाट सक्रमणमा रहेका हरुलाई छुट्टै अस्पतालमा राख्नका लागि अस्पताल तयार गरिसकेको छ।
यसको संक्रमण विश्भरका २४ मुलुकमा फैलिएको छ । अमेरिका र अष्ट्रेलियाले चिनियाँ नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न प्रतिबन्ध लागाएका छन्। अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई भने १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन् ।
यस्तै, नेपालस्थित चीनिया दूतावसले पनि चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ भने नेपालले पनि आफ्ना नागरिकको उद्दारका लागि दुईवटा छुट्टै जहाज तयारी अवस्थामा रहेको जनाएको छ। चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।
