कोरोना भाइरसले महामारी निम्त्याएको चीनमा बर्डफ्लु पनि फैलियो

Share:

काठमाडौं । कोरोना भाइरसले महामारी निम्त्याएको चीनमा बर्ड फ्लु (H5N1) भाइरस पनि फैलिएको छ। कोरोना भाइरसको केन्द्रविन्दु वुहान नजिककैको हुनान प्रान्तबाट बर्डफ्लु फैलन थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हुनानको सुअङ्गक्वीङ जिल्लास्थित एक कुखुरा फर्मबाट बर्डफ्लु फैलिएको हो। सो फार्मका ७ हजार ८ सय ५० कुखुरा र ४ हजार ५सय चल्लाहरु बर्डफ्लुका कारण मरेका छन्।

ठूलो फार्ममा भएका सबै कुखुरा मर्नेगरी बर्डफ्लु फैलिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका १७ हजार ८ सय २८ वटा कुखुरा फार्म नष्ट गरिदिएको छ।

अहिले सम्म कोरोना भाइरसका कारण चीनमा ३ सय ४ जना र फिलिपिन्समा एक जनाको ज्यान गैसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: