
काठमाडौँ – पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहे पनि आइतबार देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । अधिकांश क्षेत्रमा आज घाम लाग्ने मौसमविदको भनाई छ ।
नेपालको पूर्वी तथा मध्य भूभागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेकोले आंशिक बदली हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
