
सुनसरी : सुनसरीमा रात्रीबस दुर्घटना हुँदा ४ को मृत्यु भएको छ। आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो इनरुवाको रामधुनी नगरपालिका तित्रिवनामा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परि माइक्रो चालक धादिङ वैरेनीका २८ वर्षीय दीपक खड्का, भक्तपुरकी १७ वर्षीया गरिमा गौतमको निधन भएको छ। त्यस्तै झापा भद्रपुर घर भइ काठमाडौं बस्ने ७५ वर्षीय हेमराज कोइराला, ६५ वर्षीया डोलमाया कोइरालाको निधन भएको छ।
कमेन्ट गर्नुहोस्
