
पोखरा।नेपाली राष्ट्रिय टोलीका ग्लोबल आइकन तथा स्टार स्पिनर सन्दीप लामिछानेले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने भएका छन्।
उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै आईसीसी विश्व कप लिग-२ अन्तर्गत आफुले लिने हरेक विकेट बापत ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि प्रदान गर्ने भएका छन्।
ट्विट गर्दै उनले चितवनमा निर्माणाधीन रंगशालालाई सहयोग गर्ने र चाँडै त्यो सपना यथार्थमा परिणत हुने विश्वास व्यक्त गरेका छन्।
I want Nepal cricket to be a force to reckon with. To invest in this dream, I will be donating 8,848 Rupees for every wicket I'd take in our games against USA & Oman, Feb 5 to 12.
Nepal's Gautam Buddha International cricket stadium will soon be a reality. #JaiNepal #MyDream pic.twitter.com/gaPQ4sWUjB
— Sandeep Lamichhane (@IamSandeep25) February 2, 2020
