
काठमाण्डाै – सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साेमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेकाे हाे । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
