सुकेको लसुनको भाउ आकासियो

Share:

काठमाण्डौँ । अहिले बजारमा लसुनको मूल्य आकासिएको छ । चीनबाट आयात रोकिएसँगै लसुनको मूल्य झण्डै तीन गुणाले महँगो भएको हो ।

एक महिनाअघि किलोको दुई सय ४५ रुपैयाँ खुद्रा मूल्य रहेको लसुनको भाउ बढेर किलोको ६ सय पाँच रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनबाट आयात ठप्प छ । नेपालमा बर्सेनि करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: