यस्तो छ आजको मौसम पूर्वानुमान

Share:

काठमाडौँ – देशभर हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, तर पनि केही क्षेत्रमा स्थानीय वायुका कारण आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भएको मौसमविदले बताएका छन्। मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहुने र बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने मौसमविदले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: