
गुल्मी – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरुद्धमा बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
मङ्गलबारदेखि गुल्मीमा सुरु हुन लागेको स्वास्थ्य बीमा घोषणा कार्यक्रमको उद्घाटन गर्न गृह जिल्ला पुगेका मन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्ताे बताएका हुन्।
नेपालको राष्ट्रिय हित र जनताको लाभ र देशको विकास जे मा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसीसीको ‘फूलफर्म’ थाहा नभएकाहरुले यसको विरुद्धमा बजारमा बहस सुरु गरेको टिप्पणीसमेत गरे।
कमेन्ट गर्नुहोस्
