
काठमाण्डौं । स्थानीय वायुको प्रभावका कारण मौसममा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बुधबार) पूर्वी पहाडी क्षेत्रको एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
यस्तै राति पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
