चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४ सय ९० पुग्यो

Share:

काठमाडौं । कोरोना भाइसका कारण चीनमा मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार ६५ जनाको मृत्यु भएको छ ।

यस्तै चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २५ हजार पुगिसकेको छ । नेपालसहित अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।

कमेन्ट गर्नुहोस्
Share: