
अछाम । अछामको पञ्चदेवल नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्याको निष्पक्ष छानबिनको माग गर्दै विनायक बजार बन्द गरिएको छ।
मृतकका आफन्तले बुधबार बिहानैदेखि बजार बन्द गराएका हुन्। बजारमा यातायातका साधन र पसलहरु बन्द छन्। सडकमा टायर बालेर प्रदर्शन गरिएको छ।
वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् । उनीहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाएका छन्। मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको गोठमा वडाध्यक्ष धामीको शव भेटिएको थियो ।
कमेन्ट गर्नुहोस्
